भारतमा गुडिरहेको रेलमा गोली प्रहार, चार जनाको मृत्यु

भारतको महाराष्ट्रमा गुडिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।

जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आरोपितलाई पक्राउ गरिएको रेलवे सुरक्षा बलले जनाएको छ ।

पश्चिम रेलवेका अनुसार पालघर स्टेसन पार गरेपछि एक आरपीएफ जवानले चलिरहेको रेल जयपुर एक्सप्रेसभित्र गोली चलाएका हुन् ।

घटनामा एक आरपीएफ र तीन यात्रुको मृत्यु भएको छ । गोली किन हानियो भन्ने विषयमा समाचारमा खुलाइएको छैन । नलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार