१८ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेर पत्नीसँग अलग्गिए क्यानडाका प्रधानमन्त्री

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको छ ।

प्रधानमन्त्री ट्रुडोको कार्यालयले बुधबार यसको जानकारी दिएको हो । यससँगै उनीहरुको १८ वर्ष लामो वैवाहिक सम्बन्धमा पूर्णविराम लागेको छ।

उनीहरुले अलग्गिनेगरी कानुनी सम्झौतामा हस्ताक्षर गरेको जनाइको छ ।

‘अलग हुने उनीहरुको निर्णयका सम्बन्धमा दुवैले सबै कानुनी र नैतिक कदमहरु सुनिश्चित गरेका छन्। आउँदा दिनमा पनि त्यसलाई उनीहरुले जारी राख्नेछन्,’ वक्तव्यमा भनिएको छ ।

ट्रुडो सन् २०१५ मा ४३ वर्षको उमेरमा क्यानडाको प्रधानमन्त्री बनेका थिए । उनीहरूको वैवाहिक सम्बन्ध केही वर्षदेखि नाजुक अवस्थाबाट गुज्रिरहेको थियो । ५१ वर्षीय ट्रुडो र ४८ वर्षीया सोफीबीच २००५ मा विवाह भएको थियो । उनीहरुका तीन सन्तान छन् ।

सम्बन्धित समाचार