राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका हुन् ।
क्रिकेटर मल्लले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उँचाइमा पुर्याउने विश्वास समेत व्यक्त गरे ।
ज्ञानेन्द्रले आजको दिन देखिनै लागू हुने गरि लिएका छन्न । सन २००६ देखी नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेले ।
नेपाली क्रिकेट इतिहासका एक सफल टक्निकल ब्याटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् ।
उनले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडआई खेलमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । ओडिआईमा ज्ञानेन्द्र अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् । पूर्वकप्तान पारस खड्काले सन्न्यासको लिएको दुई वर्ष अर्कोदिन ज्ञानेन्द्रले पनि नेपाली क्रिकेट टोलीबाट विश्राम लिने निर्णय लिएका हुन् । पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्रले २०१९ देखी २०२१ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरेका थिए ।