महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक महिला सहयोगीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै उनले केही समयअघि एक महिला सहयोगीलाई अँगालो हालेर चुम्बन गरेका थिए । लगत्तै उनको चर्को आलोचना भएको थियो । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने लेखेका छन् ।

प्रधानमन्त्री जोनसनले राजीनामा पत्र पाएर आफू दुःखी भएको बताएका छन् । पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार