पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा सुन छानबिन समितिले बयानका लागि बोलाएपछि सिंहदरबारस्थित समितिको कार्यालयमा पुगेका छन् ।
विद्युतीय सिग्रेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनमा चिनियाँ तस्करहरुसँग संलग्नता देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले उनको बयान लिएको थियो । महरालाई भने बयान कागज गराएर छाडिएको थियो । महराका छोरा राहुल भने अहिले थुनामा छन् ।