रौतहटमा ओलीलाई एक सय एक किलोको माला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा एक सय एक किलोको मालाले स्वागत गरिएको छ ।

एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले एक सय एक किलोको माला लगाइदिएका हुन् ।

गरुडास्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ । एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ । जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ ।

एमालेको दार्चुला, म्याग्दी जिल्ला कमिटीको अधिवेशन सकिइसकेको छ । मुगु र धादिङ अधिवेशनमा विवाद देखिएको छ । दोलखामा मतगणना भइरहेको छ ।

रौतहटमा बिहीबारबाट सुरू भएको अधिवेशनमा अखिलेश्वर चौधरी, रूपेशकुमार पटेल, सचिदानन्द शाह र बवन सिंह अध्यक्षका आकांक्षी छन् ।