नबिल इन्भेष्टमेन्टले ल्यायो अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

नबिल इन्भेष्टमेन्ट बैंकिङले चालू आर्थिक वर्षको असार मसान्तसम्मका लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

नबिल इन्भेष्टमेन्टले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालू आर्थिक वर्षको असार मसान्तसम्मका लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको हो ।

प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकाले प्राथमिक निष्कासनमा लगानी गर्न चाहने लगानीकर्ताहरुका लागि यो सेवा निकै नै फलदायी हुनेछ ।

सेवाग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकून् भन्ने उद्देश्यले कम्पनीले अनलाइनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको जनाएको छ । साे खाता खोल्न चाहने व्यक्तिहरुले नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइटमा गई अनलाइन डिम्याटमा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

ग्राहकको सम्पूर्ण जानकारीहरु रिफरेन्स नम्बरबाट खोज्न सकिने भएकाले यसरी खाता खोलेपछि प्राप्त हुने रिफरेन्स नम्बर खाता वालाले सुरक्षित राख्नु पर्नेछ । यसरी आफूले अनलाइनबाट डिम्याट खाताका लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार