भारतस्थित रुद्रप्रयागको गौरीकुण्ड राजमार्गमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ ।
गौरीकुण्ड राजमार्गअन्तर्गत तरसालीमा खसेको पहिरो पन्छाउने क्रममा कार फेला परेको र त्यसभित्र ५ जनाको शव भेटिएको बीबीसी हिन्दीले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने, ‘साँझ ६ बजे जेसीबीमार्फत पहिलो पन्छाउने क्रममा एउटा गाडी (स्विफ्ट डिजायर) फेला पर्यो, जसभित्र पाँच जनाको शव भेटियो । मृतकमा गुजरातका तीन र राजस्थान र उत्तराखण्डका एक–एक जना छन् ।’
राजवारका अनुसार गत बिहीबार साँझ ५ बजे फाटाबाट करिब ३ किमि अगाडि तरसाली गाउँनजिकै सडक माथिबाट ढुंगासहितको पहरो गुडिरहेको गाडीमा खसेको थियो ।