एमबाप्पे र नेयमारबिनै पीएसजीद्वारा लिग १ उपाधि रक्षाको यात्रा सुरु

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले केलियन एमबाप्पे र जुनियर नेयमारबिना नै लिग १ उपाधि रक्षाको यात्रा सुरु गरेको छ ।

फ्रेन्च लिग १ को नयाँ सिजन सुरु हुँदा पीएसजीमा एमबाप्पे र नेयमारको भविष्य अनिश्चित छ । यी दुवै खेलाडी अन्य क्लबमा जान इच्छुक भएपछि उनीहरुलाई सिजनको सुरुवातमा टोली बाहिर राखिएको हो ।

एमबाप्पे र नेयमार नहुँदा पीएसजीले आक्रमणको महत्त्वपूर्ण अवसरहरु गुमाएका थिए। जसले गर्दा लोरियन्टसँग गोलरहित बराबरी गर्दै सिजनको सुरुवात गरेको छ ।

एमबाप्पेले आगामी समरभनदा उता क्लबसँग सम्झौता नथप्ने बताएपछि उनी पीएसजीको पहिलो टोलीसँग प्रशिक्षण गरेका छैनन् ।

एमबाप्पे र पीएसजीको सम्झौता आगामी समरमा सकिँदै छ । पीएसजी एमबाप्पेलाई उसको सम्झौता सकिएपछि सित्तैमा छाड्नुभन्दा बेच्न चाहन्छ । तर २४ वर्षीय फरवार्ड एमबाप्पेले अर्को समरमा फ्रि एजेन्टमार्फत रियल मड्रिडमा जाने विश्वासमा छन् ।

यसैबीच नेयमार पनि क्याटलान क्लब बार्सिलोना फर्कन चाहेको बताइएको छ ।

सम्बन्धित समाचार