विवाद मिलेपछि पीएसजीको प्रशिक्षणमा फर्किए एम्बाप्पे

पेरिस सेन्ट जर्मेनका फरवार्ड केलियन एमबाप्पे पहिलो टोलीको प्रशिक्षणमा फर्किएका छन् । पहिलो टोलीको प्रशिक्षणमा फर्किएसँगै एमबाप्पे आगामी समरसम्म पीएसजी मै रहने सम्भावना छ ।

२४ वर्षीय फ्रेन्च फरवार्ड फ्रेन्च लिग १ को पहिलो खेलमा टोली बाहिर थिए। एमबाप्पे टोलीमा नरहेको खेलमा पीएसजी रोलियन्टसँग गोलरहित बराबरीमा रोकिएको थियो।

एमबाप्पे पीएसजी छाडेर रियल मड्रिड आवद्ध हुने चाहनाबीचमा सम्झौता गर्न चाहन्थे । तर अब उनले पीएसजीमै सम्झौता थप्न सक्ने छन् ।

पीएसजीले धेरै चरणको सकारात्मक वार्तापछि एमबाप्पेलाई पुर्नबहाली गरेको बताएको छ ।

एमबाप्पे र पीएसजीको सम्झौता १ वर्ष बाँकी छ। एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेका छन् ।

एमबाप्पे सन् २०१७ मा मोनाकोबाट १ सय ८० मिलियन यूरोमा ऋणमा पीएसजी आएका थिए । एमबाप्पेले क्लबको २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन् ।

सम्बन्धित समाचार