राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन् ।
मंगलबार राजधानीमा सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले खड्कालाई सर्वसम्मत सदस्य चयन गरेको हो ।
साधारण सभाले दिवाकर घलेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा पूर्वक्रिकेटर अमृता पौडेल, मनिषकुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ चयन भएका छन् ।
सदस्यमा निर्वाचित भएलगत्तै फेसबुकबाट प्रतिक्रिया दिँदै पारसले नेपाली क्रिकेटको विकास र विस्तारका लागी सक्दो प्रयास गर्ने बताएका छन् ।