सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म ‘गदर–२’ले रिलिजको पाँचौं दिनमा धेरै रेकर्ड तोडेको छ । फिल्मले स्वतन्त्रता दिवसको अवसर पारेर एकै दिन ५५ करोड कमायो ।
फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
फिल्मले अहिलेसम्म २२९ करोड कलेक्सन गरेको छ। योसँगै फिल्मको ग्लोबल कमाई ३ सय करोड नजिक पुगेको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार यो फिल्मले विश्वभर २९०.५९ करोड कलेक्सन गरेको छ ।
‘गदर २’ले पाँचौं दिन ५५ करोड कमाएको छ। यो फिल्मको एकै दिनको सर्वाधिक कमाई पनि हो ।