झण्डै १५ हजार नजिक पुगे डेंगी सक्रमित, १० जनाको मृत्यु

नेपालमा  केहिदिनदेखि डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बिहिबारसम्म देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ भने ७५ जिल्लामा पुगिसकेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजार ३५७ पुगेको हो ।
कर्णाली प्रदेशका मुगु र हुम्लाबाहेकका सबै जिल्लामा डेंगी संक्रमण भएको ईडीसीडीले जनाएको छ ।
डेंगीबाट हालसम्म १० जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट ५०० भन्दा बढी केश भएका ४ वटा जिल्ला रहेका छन् । सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।
सुनसरीमा डेंगी संक्रमितको संख्या ७ हजार ४९५ पुगिसकेको छ । त्यसैगरी मोरङमा १ हजार ६७६, धादिङमा १ हजार ३२० र झापामा ९१३ र काठमाडौँमा १९९ जना संक्रमित भइसकेका छन् ।
प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै संक्रमितको संख्या १० हजार ८१३ पुगिसकेको छ ।त्यसैगरी वाग्मती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६०३ र सुदूरपश्चिम प्रदेशमा ४५१ जना, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जना संक्रमित भइसकेका छन् ।
सम्बन्धित समाचार