बिहारमा एक जना पत्रकारको गोली हानी हत्या

नेपालको सीमावर्ती भारतीय राज्य बिहारको अररिया जिल्लामा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको छ ।

बिबिसी हिन्दीका अनुसार हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहानै घरभित्र पसेर अज्ञात गोली हानेका हो ।

अररियाका एसपी अशोककुमार सिंहले समाचार एजेन्सी पिटिआईसँग भनेका छन्( चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएका थिए । उनी बाहिर निस्किएपछि गोली हानेर फरार भएका छन् । गोली लागेका विमलको घटनास्थलमै मृत्यु भएको छ । हामी अपराधीलाई खोजीरहेका छौं ।

सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । उक्त हत्याका एकमात्र साक्षी विमल थिए । विमललाई अदालतमा बयान फेर्न धेरै पटक दबाब आएको थियो ।

सम्बन्धित समाचार