मेस्सीको कप्तानीमा इन्टर मियामीले जित्यो इतिहासमै पहिलो उपाधि

लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले इतिहासकै पहिलो उपाधि उचालेको छ ।

शनिबार राति भएको लिग्स कप २०२३ को फाइनलमा सडन डेथमा नाशभिल एफसीलाइए हराउँदै मायमीले पहिलो उपाधि जितेको हो । सन् २०२० मा लिगमा सामेल भएको मियामीको पहिलो उपाधि हो ।

निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेकलिएको थियो । टाइब्रेकरमा बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

दुवै टोलीका खेलाडीले लगातार ९ गोल गरेपछि खेलको निर्णय दुवै टोलीको गोलरक्षकको हातमा पुगेको थियो ।

अन्तिम प्रहारमा मायमीका गोलरक्षक क्यालेनडरको प्रहारले पोष्टको जाली चुम्दा नाशभिलका गोलरक्षक पानिचोको प्रहार विफल भयो ।

खेलको २३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै मायमीलाई १–० ले अघि बढाए ।

तर खेलको ५७ औं मिनेटमा  फाफा पिकाल्टले बराबरी गोल फर्काए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा सडन डेथसम्म पुग्नु परेको थियो ।

सम्बन्धित समाचार