डा. अनुप बास्तोला टेकु अस्पतालको निर्देशकमा नियुक्त

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् ।डा‍. सागरकुमार राजभण्डारीको स्थानमा बास्तोला नियुक्त भएका हुन् ।

मन्त्रिस्तरीय निर्णयअनुसार सोमबार डा.बास्तोलालाई निर्देशकमा नियुक्त गरिएको हो। ११ औं तहका डा. बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्टेन्टका रुपमा कार्यरत थिए।

बास्तोला यसअघि अस्पतालका प्रवक्तासमेत थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार