केनको दुई गोलमा बायर्न विजयी

इंग्लिस कप्तान ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले आइतबार जर्मन बुंडेसलिगामा असबर्गलाई ३–१ ले पराजित गरेको छ । यससँगै बायर्नले आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्न सफल भएको छ ।

केनले यो खेलसँगै बायर्नका लागि आफ्नो घरेलु मैदानमा डेब्युसमेत गरेका छन् । उनले खेलको ४० र ६९ औं मिनेटमा गोल गरे । त्यसमध्ये पहिलो गोल पेनाल्टीबाट सम्भव भएको थियो ।

बायर्नको दुई खेलबाट ६ अंक भएको छ । आइतबारकै अर्को खेलमा मेन्ज र फ्रायन्कफर्टले १–१ को बराबरी खेले ।

 

सम्बन्धित समाचार