प्रधानन्यायाधीशको प्रश्न– विश्वासको मतमा संसद छल्न मिल्छ ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालगायत १ सय ४६ सांसदले दायर गरेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइका क्रममा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले सो प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरे वा नगरेको परिणाम संसद्मार्फत राष्ट्रपति कार्यालय जाने हो कि सिधै राष्ट्रपतिकहाँ प्रधानमन्त्री जाने भनेर प्रश्न गरेका हुन् ।

पाण्डेयले बहस सुरु गर्दै विश्वासको मत पाउँदिन, धारा ७६ (३) अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको बताएलगत्तै प्रधानन्यायाधीश जबराले सोधे, ‘विश्वासको मत मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र ? तर, त्यसलाई छलेर जान मिल्छ र ?’

प्रधानन्यायाधीश जबराको प्रश्नको जवाफमा पाण्डेयले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न सक्दिन नसक्ने भन्ने लागेमा संसद्मा जानैपर्छ भन्ने नभएको बताए । संविधानमा नै त्यस्तो व्यवस्था नलेखिएको उनको तर्क थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार