विमलेन्द्र, प्रकाशमान र शशांकले शुक्रबार केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारी ठमेलस्थित निवासमा भएको नेतात्रयको लञ्च मिटिङले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला आज सिंह निवासमा छलफलका लागि पुगेका थिए । तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका हुन् ।

महाधिवेशनमा केन्द्रित भई छलफल गर्न टोखास्थित कोइराला निवासमा केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय भएको पूर्वमहामन्त्री सिंहले जानकारी दिए । आज तीन नेताबीच कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा गर्नेलगायत विषयमा छलफल भएको थियो । ‘क्रियाशील सदस्यताबारे केही विवाद छन्, प्रक्रिया पुगेकालाई क्रियाशीलबाट बञ्चित गर्न हुन्न,’ सिंहले भने ।

निधि, कोइराला र सिंहबीच पटकपटक महाधिवेशन केन्द्रित बैठक भइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार