रविबारे बुझ्न मानवअधिकार आयोगले आईजीपी कुँवरलाई बोलायो

Image

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको भनेर आयोगमा पुगेको उजुरीको सम्बन्धमा छलफल गर्न नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाइएको छ ।

आयोगले आजै आयोगको कार्यालयमा उपस्थित हुन आईजिपीलाई भनेको बुझिएको छ । लामिछानेलाई गएको बुधबार चितवनबाट रातारात पोखरा पुर्‍याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै रास्वपाको तर्फबाट कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष उजुरी दर्ता गरेका थिए ।

सोही उजुरीका विषयमा सोधपुछ गर्न आईजीपी कुँवरलाई बोलाइएको आयोगकी सदस्य डा. लिली थापाले जानकारी दिइन् ।