नेपालले आइसिसी महिला टी(२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ५ रनको रोमाञ्चक जित हात पार्यो ।
नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो ।
मलेसियका लागि अइना हमिजाहले १४ रन र दुराइसिंहमले २८ रनको योगदान गरे ।
कुनै बेला बलियो स्थितिमा रहेको मलेसियाले १७ ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट गुमाउदा खेल नेपालको पक्षमा गएको थियो । सो ओभरमा सीता रानामगरले मीरा स्माइललाई रनआउट गर्दा अर्को बलमा कविता जोशीले दुराइसिंहमलाई आउट गरेकी थिइन् ।
नेपालको जितमा कविता जोशीले निर्णायक प्रदर्शन गरिन् । कविताको १७ र १९ औँ ओभरमा मलेसियाले २र२ विकेट गुमाएको थियो ।
मलेसियालाई अन्तिम ५ ओभरमा २० रन मात्र आवश्यक थियो भने ७ विकेट साथमा रहेको थियो ।
नेपालका लागि कविता जोशी र कविता कुँवरले २/२ विकेट लिए ।