नेपालले गुमायो चौथो विकेट ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८० भाद्र १८, सोमबार १७:०२ एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ । खेलको २१ ओभर ५ बलमा नेपालका कुशल मल्ल आउट भएका हुन् । उनी स्पिनर रवीन्द्र जडेजाको बलमा मोहम्मद सिराजबाट क्याच आउट भए । उनले ५ बलमा २ रन बनाए ।