अत्यधिक गर्मीका कारण क्यानडामा दर्जनौं व्यक्तिको मृत्यु

अत्यधिक गर्मीले क्यानडामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ । पश्चिमी प्यासिफिकको तटिय क्षेत्रमा चलेको तातो हावाले जनजिवन अस्तव्यस्त बनाएको छ ।

ब्रिटिश कोलम्बिया प्रान्तको लिएटन शहर गर्मीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बीबीसीका अनुसार सोमबारसम्म करिब ७० जनाको आकस्मिक मृत्यु भएको छ ।

चरम गर्मीका कारण ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरु बढी छन् । लिएटन शहरमा हिजो अहिलेसम्मकै बढी ४७ दशमलव ९ डिग्रि सेल्सीयस तापक्रम मापन गरिएको छ ।

अघिल्लो हप्तासम्म क्यानडाको कुनैपनि प्रान्तमा ४५ डिग्रिभन्दा बढी तापक्रम पुगेको थिएन । विज्ञहरुले गर्मी अझै केही दिन बढ्नसक्ने भएकोले सतर्क रहन अपिल गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार