बालोन डीअर अवार्डका लागि ३० खेलाडी सर्टलिस्ट, रोनाल्डो परेनन्

विश्व फुटबलको प्रतिष्ठित खेलाडी अवार्ड बालोन डीअर सन् २०२३ को लागि ३० जना खेलाडीलाई सर्टलिस्ट गरिएको छ । उक्त सूचीमा हाल साउदी अरबमा व्यवसायिक फुटबल खेलिरहेका क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन् ।

३० खेलाडीको सूचीमा लियोनल मेस्सी, केलियन एमबाप्पे, एर्लिङ हालान्डलगायत खेलाडी छन् । सूचीमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीका सात खेलाडी र प्रिमियर लिगमा १२ खेलाडी परेका छन् ।

अर्जेन्टिनाका कप्तान लिओनील मेसी विश्वकप जितिसकेपछि आफ्नो कीर्तिमानी आठौं बालोन डी’ओर जित्नका लागि सबैभन्दा बलिया खेलाडी हुन् ।

गत वर्ष साउदी क्लब अल-नासर गएका पाँच पटकका अवार्ड विजेता रोनाल्डो सन् २००३ पछि पहिलो पटक मनोनयनमा परेका छैनन् । हरेक वर्ष एक खेलाडीलाई बालोन डीअर प्रदान हुँदै आएको छ।

सम्बन्धित समाचार