आईसीसी टी(२० महिला विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग हारेसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना यो पटक पनि अधुरै भएको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइलमा थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको ग्लोबल छनोट खेल्ने योजनमा धक्का पुगेको हो । सन् २०१३ देखि भइरहेको ग्लोबल छनोटमा नेपालले अहिलेसम्म पुग्न सकेको छैन ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले अपराजित रुपमा सेमिफाइलमा स्थान बनाएको थियो ।
आजको खेलमा बलियो टोली थाइल्यान्डलाई पराजित गरेको भए नेपाल पहिलो पटक ग्लोबल छनोटमा पुग्ने थियो ।
थाइल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको नेपाल ३ बल अगावै ५९ रनमा अलआउट भयो ।
निकै खराब सुरुवात गरेको नेपालले दोस्रो ओभरमा नै तीन विकेट गुमाउँदा मात्र ३ रन बनाएको थियो । तीन खेलाडीले दोहोरो अंकको स्कोर छोए । तीन खेलाडी शुन्य रनमा आउट भए ।
नेपालका लागि कविता कुँवरले सबैभन्दा बढी नटआउट १७ रन जोड्दा कविता जोशी र अप्सरी बेगमले १०(१० रन बनाए । नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
बलिङमा थाइल्यान्डकी ओनिचा र थिपच्चाले ३(३ विकेट लिए ।
त्यसअघि टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेटको क्षतिमा १०५ रन जोड्यो ।
उसका लागि नन्नापतले नटआउट ५९ रन जोडिन् । उनले ६३ बल खेल्दा ४ चौका प्रहार गरेकी थिइन् । बलिङमा नेपालकी कविता कुँवर र पूजा महतोले एक एक विकेट लिए।