त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्स मागेको छ ।
शुक्रबार सूचना प्रकाशित गर्दै त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी ५० जना स्टाफ नर्सका लागि आवेदन मागेको हो ।
त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएका १८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिलाहरूले आवेदन दिन सक्नेछन् । पुरूषहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
आवेदन दिन असोज ६ गतेसम्मको समय निर्धारण गरिएको छ । आवेदनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सकिनेछ ।
अनलाइनबाट भरिने फारामको दस्तुर असोज ४ गतेभित्र हिमालयन बैंकमा रहेको संस्थानको खातामा जम्मा गर्न भनिएको छ ।
परीक्षा असोज १३ गते हुनेछ । परीक्षाको समय र परीक्षा केन्द्र भने पछि प्रकाशन हुने संस्थानले जानकारी दिएको छ ।