अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा एसियाली ‘पावर हाउस’ जापानले जर्मनीविरुद्ध ४–१ को सहज जित निकालेको छ ।
शनिबार जर्मनीको घरेलु मैदान भोस्कवागनमा भएको खेलमा जापानलाई जित दिलाउन जुन्या इतो, अयस उइदा, ताकुमा असानो र आओ तनाकाले समान एक गोल गरे । जर्मनीका लोरे सानेले एक गोल फर्काएका थिए ।
खेलको ११औँ मिनेटमा इतोले गरेको गोलबाट जापानले अग्रता बनाएको थियो । तर, १९औँ मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि उइदाले गोल गर्दै पुनः जापानलाई अग्रतामा राखेका थिए ।
चारपटकको विश्वकप विजेता जर्मनीविरुद्ध जापानले पहिलो र दोस्रो हाफमा समान दुई गोल गरेको थियो । ९०औँ मिनेटमा असानोले गरेको गोलबाट जापानले अग्रतालाई ३–१ मा पुर्याएको थियो । इन्ज्युरी समयमा तनाकाले गोल गरेपछि जापानले ४–१ को सहज जित निश्चित गर्यो ।
गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा पनि जापानले जर्मनीलाई २–१ ले हराएको थियो ।