सिड्नीबाट सुरु भएको लकडाउन अष्ट्रेलियाको सात शहरमा

सङ्क्रमण फैल्ने क्रम नरोकिएपछि अष्ट्रेलियाको सात शहरमा लकडाउन लागू गरिएको छ । अष्ट्रेलियामा कोभिड १९ को डेल्टा स्वरुप फैलिएपछि सतर्कताका उपायहरु अबलम्बन गरिने प्रयास स्वरुप लकडाउन गरिएको अधिकारीहरुले बताएका छन् ।

बीबीसीका अनुसार बुधबार दुई सय नयाँ सङ्क्रमित थपिएका छन् । सिड्नीबाट सुरु भएको लकडाउन हाल ब्रिसबैन, पर्थ, डार्विन, टाउन्सभिल्ले र गोल्ड कोष्टमा लागू गरिएको छ ।

अधिकारीहरुले कोभिड १९ को नयाँ स्वरुप जोखिममा रहेका आदिबासी अष्ट्रेलियालीमा फैल्न सक्ने बताएका छन् । अष्ट्रेलियामा हालसम्म पाँच प्रतिशत जनसंख्यामा मात्रै कोभिड १९ बिरुद्धको खोप लगाइएकोले प्रभाबकारी खोप अभियान सञ्चालनमा समेत जोड दिइएको छ । न्यू साउथ वेल्समा बुधबार २२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।

हालसम्म न्यू साउथ वेल्समा १७० जनामा सङ्क्रमणको पुष्टि भएको छ । राजधानी सिड्नीसहित वरिपरिका क्षेत्रमा जुलाइ ९ सम्म लकडाउन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार