वर्षाका कारण आज पनि समयमा सुरु हुन सकेन भारत–पाकिस्तानको खेल

एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको सुपर–४ को खेल रिजर्भ डेमा पनि वर्षाले प्रभावित बनाउने खतरा बढेको छ ।

सोमबार ३ः१५ बाट सुरु हुनु पर्ने खेल वर्षाका कारण सुरु हुन सकेको छैन । कोलम्बोमा सोमबार बिहानैबाट वर्षा रोकिँदै पर्दै गरेपछि मैदान गिलो भएको छ । अहिले वर्षा रोकिए पनि खेल सुरु भएको छैन ।

यद्यपि, मौसम विज्ञान विभागले सोमबार पनि शतप्रतिशत वर्षाको सम्भावना रहेको जनाएको छ । योसँगै भारत पाकिस्तानबीचको खेलले पूर्णता नपाउने सम्भावना बढेको छ ।

यदि खेल सुरु भएको खण्डमा आइतबार जुन अवस्थामा रोकिएको छ, त्यही अवस्थाबाट सुरु हुनेछ । आइतबार भएको खेल वर्षाका कारण २४.१ ओभरमा भारतले १ सय ४७ रन बनाउँदा रोकिएको थियो । यदि वर्षाका कारण आज पनि खेल सम्भव नभए दुवै टिमले १–१ अङ्क बाँड्नु पर्नेछ ।

सम्बन्धित समाचार