काठमाडौँको पशुपतिनाथनजिकै एक युवती मृत भेटिएकी छन् ।
शंखरापुर नगरपालिका-५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार शुक्रबार मृत फेला परेकी हुन् ।
काठमाडौँ महानगरपालिका ८ तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।