नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले चीनको हाङझाउमा जारी १९ औं एशियन गेम्स अन्तर्गत बुधबार एसियाली पावर हाउस इरानसँग खेल्दैछ ।
चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा हुने खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ । इरान विश्व वरियताको दशौं तथा एसियाली वरियताको दोस्रो स्थानमा छ ।
समूह चरणको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोली आजको खेलमा पनि पराजित भए समूह चरणबाटै बाहिरनेछ । मंगलबार भएको समू ‘बी’ को पहिलो खेलमा नेपाल बहराईनसँग ३–१ को सेटमा पराजित भएको थियो ।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको नेपालले त्यसपछिका तिन सेट लगातार गुमाउँदा हार भोग्न बाध्य भयो ।
नेपालले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१८ तथा चौथो तथा अन्तिम सेट २५–१५ ले गुमाउँदा नेपालले पहिलो हार व्यहोरेको हो ।