अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी

बलिउड अभिनेत्री जरिन खानविरुद्ध भारतको कोलकाता उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

सन् २०१८ को घटनाका विषयमा खानविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध ठगीको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमतिअनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए ।

साथै कोलकाता र त्यहाँका अन्य ६ वटा कालीपूजामा उनी उपस्थित नभएको बारेमा पनि उजुरी परेको थियो । पाँच वर्षअघि आयोजकले जरिनविरुद्ध कोलकाता प्रहरीमा ठगीको उजुरी दिएका थिए ।

अभिनेत्री जरिनले भने अदालतको आदेशबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेकी छन्।

उनले भारतीय सञ्चारमाध्यम इन्डिया टुडेसँग भनिन्, ‘म ढुक्क छु, यसमा कुनै सत्यता छैन । म पनि अचम्ममा परेकी छु र मेरो वकिलसँग संवाद गरिरहेको छु । त्यसपछि मात्र म तपाईंलाई केही स्पष्ट कुरा बताउन सक्छु। तपाईं मेरो एचआरसँग कुरा गर्न सक्नुहुन्छ ।’

जरिन २०१८ मा मुद्दाका क्रममा बयान दिन प्रहरीसमक्ष हाजिर भएकी थिइन् ।

‘वीर, हेट स्टोरी २ र ३, हाउसफुल ३, रेडी’ जस्ता दर्जनौँ फिल्ममा काम गरेकी जरिन पछिल्लो समय फिल्मबाट टाढा छिन् ।

उनले फिल्म रेडीमा समावेश ‘क्यारेक्टर ढिला हे’ बोलको आइटम गीतबाट सर्वाधिक चर्चा पाएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार