शिक्षकको आन्दोलनमा सडकमा प्रदर्शनसँगै नाचगान

आन्दोलनरत शिक्षकहरुले आज (शुक्रबार) तेस्रो दिन पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । उनीहरूले आज पनि काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्।

प्रदर्शनकै क्रममा शिक्षकहरुले सडकमै नाचगान गरेका छन् । समूह(समूह बनाएर शिक्षकहरू नाच्दै गाउँदै गरिरहेका छन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । त्यो माग पूरा गर्न भन्दै शिक्षकहरूले ३ असोजदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

शिक्षकहरूको आन्दोलनलाई विद्यार्थी संगठनले पनि ऐक्यवद्धता जनाएको छ । शिक्षकहरूको जायज माग पूरा गर भन्दै उनीहरूले माग गरेका छन् ।

सम्बन्धित समाचार