विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दको सरुवा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको सरुवा भएको छ । गृहमन्त्रालयले डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो ।

केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारी र अध्यागमन कार्यालयका अधिकृतबिच हातपात भएको थियो । सो घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए । पछि उनले राजीनामा फिर्ता लिएर काममा फर्कने बताएका थिए ।

चन्द राजीनामापत्र फिर्ता लिएर केही दिनका लागि बिदामा बसेका छन् । बिदामा बसेकै बेला उनको सरुवा भएको हो ।