अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियो कीर्तिमानी ३७१ दिन अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएका छन्। उनीसँगै दुई रुसी अन्तरिक्ष यात्री पनि फर्किएका छन् ।
अन्तरिक्षमा सबैभन्दा धेरै दिन बिताउने अमेरिकी बनेका उनीसँगै अरु दुई रुसी अन्तरिक्ष यात्री पनि फर्केका छन् । रुबियो १८० दिन मात्र बस्ने गरी अन्तरिक्षमा गएका थिए । तर उनको यान अन्तरिक्षमै केही चिज ९स्पेस जंक० सँग ठोक्कियो । जसले गर्दा उनको यानमा केही खराबी आयो र उनको यात्रा लम्बियो ।
योसँगै यात्रा ३ सय ७१ दिन पुगेको हो । तर रुबियोको नाममा एक कीर्तिमान पनि बन्यो । उनी सबैभन्दा धेरै दिन अन्तरिक्षमा बिताउने अमेरिकी अन्तरिक्ष यात्री बनेको बीबीसीले लेखेको छ ।
अन्तरिक्षमा धेरै समय बिताएपछि जब उनी पृथ्वीमा फर्किए, तब उनको लागि रिकभरी टोली त्यहाँ उपस्थित थियो ।
कम गुरुत्वाकर्षणको वातावरणमा लामो समयसम्म बस्दा उनको शरीरमा असर परेको हुनुपर्छ र त्यही भएर रिकभरी टोलीले उनलाई गाडीबाट बाहिर निकालेको हो ।
उनको यात्राले मानव शरीर कसरी लामो समयसम्म अन्तरिक्ष उडानमा बाँच्नसक्छ भन्ने बारे धेरै महत्त्वपूर्ण जानकारी प्रदान गर्नेछ । यस यात्राले उनको मांसपेशी, मस्तिष्क र शरीरको पाचन प्रणालीलाई पनि असर गर्नसक्छ ।