राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई आग्रह गरे ।

छलफलमा गृहमन्त्री रवि लामिछाने अर्थमन्त्री विष्णुप्रसाद पौडेल र आयोगका पदाधिकारी सहभागी थिए। प्रचण्डले आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको मितिको बारेमा छलफल गरेको जनाइएको छ। त्यस्तै त्यस लगत्तै उनले मन्त्रालयका सचिवहरूसँग छलफल थालेका छन्।