नेपाल टी–२० क्रिकेट लिग : काठमाडौँविरुद्ध पोखरा विजयी

नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विजयी भएको छ । काठमाण्डौ नाइट्सलाई ५ विकेटले हराउँदै पोखराले तेस्रो जित निकालेको हो । कीर्तिपुर मैदानमा काठमाण्डौले जितका लागि दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो।

पोखराका लागि सुमित महर्जनले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले । यस्तै, उपुल थरंगाले पनि अर्धशतक बनाए । उनले ५८ रन जोडे । यस्तै, कुशल मल्लले १४ रन जोडे । काठमाण्डौका लागि कमल सिंह ऐरीले ३ तथा अविनाश बोहोरा, अनिल खरेलले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

काठमाण्डौका लागि एलेक्स ब्लेकले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुनाम गौतमले ४५, भिरनदीप सिंहले ३२ र रायन ब्रुलले १० रन बनाए । पोखराका लागि तुलबहादुर थापाले २ विकेट लिए भने प्रतिश जिसी र कुशल मल्लले समान १र१ विकेट लिए।

काठमाण्डौले अहिलेसम्म ६ खेलमा तीनमा जित र तीनमा हार बेहोरेको छ । काठमाण्डौ तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको पोखरा भने ८ खेलमा तीनमा विजयी छ ।