विवेक ओझाको उपन्यास ‘ऐंठन’ले २०७९ सालको मदन पुरस्कार पाएको छ ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐंठनलाई मदन पुरस्कार दिने निर्णय गरेको छ । त्यस्तै टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको गुठीले बताएको छ ।
ओझाको उपन्यास ‘ऐंठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ । दुवै पुरस्कार कोजागत पूर्णिमाको दिनमा अर्पण गरिन्छ ।
मदन पुरस्कार गुठीले यसअघि शीर्ष पाँच कृतिहरू छनोट गरेर सार्वजनिक गरेको थियो । उत्कृष्ट पाँचमा छनोट हुने कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।