प्रभु साह र रामवीर मानन्धर एकै ठाउँमा

काठमाडौं – पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर आम जनता पार्टी ९आजपा० मा आबद्ध भएका छन्। मानन्धर पूर्व सहरी विकासमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आजपामा आबद्ध भएका हुन्।

आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले पूर्वसहमतिअनुसार मानन्धर आजपामा संगठित रूपमा अगाडि बढ्ने जानकारी दिए। मानन्धरले आफ्नो साथ प्रभु शाहलाई रहेको जानकारी दिए।

‘सरकारमा मन्त्रीमण्डल विस्तार कुन हिसाबले हुन्छ सोही बमोजिम अगाडि बढ्छु। अहिलेलाई मेरो उहाँ माथि समर्थन र साथ छ,’ मानन्धरले थाहा खबरसँग भने।

माछापोखरीस्थित निवासमा पुगेका अध्यक्ष शाह र मानन्धरले एक अर्कालाई खादा लगाएका थिए। मानन्धर र साह नेकपा एमालेबाट बाहिरिएका नेता हुन्।