चीनको हाङजाओमा जारी १९ औं एसियन गेम्स अन्तर्गत टि २० क्रिकेटमा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।
झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल रोहित पौडेलको कप्तानीको मैदान उत्रदैछ। भारतीय टोलीको कप्तानी भने ऋुतुराज गायकवाडले गर्दैछन् ।
इन्डियन प्रिमियर लिग ९आइपीएल० का स्टार खेलाडीले भरिएको भारत एसियाडमा उपाधि दावेदार टोली हो । नेपाल बलियो टोली भारतलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गर्न चाहान्छ । टी २० आईमा नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन् ।
एसियाडमा भारतले सिधै क्वार्टरफाइनल खेल्न लागेको हो । यता नेपालले भने समूह ‘ए’ को पहिलो खेलमा मंगोलिया विरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकालेको थियो । दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो ।
दोस्रो क्वार्टरफाइनलमा आज नै पाकिस्तान र हङकङ भिड्नेछन्। श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन् ।