आउटरिच नेपालले चीनमा सम्पन्न इसिआई अवार्ड २०२२ मा २ वटा काँस्य पुरस्कार जितेको छ । इसिआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट एण्ड मोडल इनोभेसन र मार्केटिंग इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको हो ।
ग्लोबल इसिआई अवार्ड २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु प्रोडक्ट एण्ड मोडल इनोभेसन, मेटाभर्स एप्लीकेशन इनोभेसन र मार्केटिंग इनोभेसन तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हंगकंग स्विजरल्याण्ड÷इटाली, क्यानडा, नेपाल, संयुक्त राज्य अमेरिका, बेलायत÷साउदी अरब, ब्राजिल, थाइल्याण्ड, ताइपे सिटी, अस्ट्रिया लगायतका देशहरु रहेका छन् ।
समारोहमा इसिआई अवार्डका अध्यक्ष एल लिजुन जिया (डा. ओवेन)ले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।
इसिआई ९अन्तर्राष्ट्रिय उद्यमी, क्रिएटिभ र इनोभेटर्स संघ० द्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।