यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोस्सलाई प्रदान गरिएको छ।
अव्यक्त (कुरा) लाई आवाज दिने नवअन्वेषी नाटक र गद्यका लागि’ फोस्सलाई पुरस्कृत गरिएको नोबेल पुरस्कार कमिटीले जनाएको छ।
उनका सेप्टोलोजी, मेलाङ्कोलीलगायत पुस्तक प्रकाशित छन्।
फोस्स सन् १९५९ मा जन्मेका हुन्। उनले ४० नाटक, कयौँ उपन्यास, निबन्ध, बालबालिकाका लागि पुस्तक लेख्नुका साथै अनुवाद पनि गरेका छन्।
उनी सबैभन्दा चिनिएका नाटककारमध्ये पर्छन्।
पुरस्कार प्राप्त गरेलगत्तै फोस्सले आफू ‘अभिभूत र केही हदसम्म त्रसित भएको’ प्रतिक्रिया दिएका छन्।