काठमाडौं – सत्ता साझेदार दलले केही दिनभित्रै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलले कार्यक्रमको खाका सार्वजनिक गर्ने तयारी गरेको हो।
त्यसका लागि आज कार्यदलको बैठक बस्न लागेको कार्यदल सदस्य डाक्टर मुकुल ढकालले जानकारी दिए।एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको दावी गरेको छ।
उक्त समितिमा माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहेका छन्। सत्ता साझेदार दलहरुले आ– आफ्नो राय सुझाव दिइसकेको र कार्यदलका संयोजक रहेका अर्थमन्त्र विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने ढकालले बताए।
प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरि तयारी भइरहेको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन्।