शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको (टिचिङ लाइसेन्स) नतिजा एसएमएसबाट हेर्न सकिने जनाएको छ ।
आयोगले सूचना जारी गर्दै नतिजा प्रकाशित भएपछि एसएमएस मार्फत परीक्षार्थीले नतिजा हेर्न सक्ने जानकारी दिएको छ । आयोगले शुक्रबार बिहानसम्म नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको छ ।
शिक्षक सेवा आयोगले गत वैशाखमा विज्ञापन गरेर २३ भदौमा माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन गरेको परीक्षामा ४९ हजार १७० जना सहभागी भएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
उक्त नतिजा सार्वजनिक भएपछि परीक्षार्थीले मोबाइलको मेसेज बक्समा गई टीएसएलसी स्पेस ११ अंकको रोल नं ३१००७ मा एसएमएस गरी हेर्न सकिने आयोगले जानकारी दिएको छ ।