यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्दै नोबल पुरस्कार समितिले नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको हो ।
उनी हाल तेहरानको एभिन जेलमा छिन् । उनलाई विभिन्न आरोपमा १२ वर्षको सजाय दिइएको छ। राज्यविरुद्ध प्रचार गरेको लगायत आरोप उनीमाथि लगाइएको थियो ।
‘इरानमा महिलाको शोषणविरुद्धको संघर्ष र सबैका लागि मानवअधिकार प्रबर्द्धनमा उनले गरेको लडाइँका लागि’ उनलाई पुरस्कृत गरिएको नोबेल कमिटीले जनाएको छ ।