नेपाल टी-२० लिगको विषयमा अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौँ – नेपाल टी२० लिगको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन थालेको छ। लिगका लागि विदेशी खेलाडी भित्र्याउँदा श्रम स्वीकृति र अनुमति नलिएको भन्दै अख्तियारले छानबिन थालेको हो।

कीर्तिपुरमा सञ्चालन भइरहेको नेपाल टी२० लिगमा सहभागी विभिन्न ६ वटा टिमबाट विभिन्न विदेशी खेलाडीहरुबाट विना श्रम स्वीकृति तथा अनुमतिविना नै क्रिकेट खेल सञ्चालन गरिरहेको व्यहोराको उजुरी परेको अख्तियारले जनाएको छ।

अख्तियारले राष्ट्रिय खेलकुद परिषदलाई पत्र पठाउँदै ७ दिनभित्रमा सम्बद्ध कागजातसहितको राय प्रतिक्रिया पठाउन भनेको छ।