धनुषामा बेवारिसे अवस्थामा एक महिलाको शव भेटियो

जनकपुरधाम – धनुषामा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। धनुषाको जनकनन्दिनी गापा-१ मा स्थानीय मनोज यादवको खेतको डिलमा रूखमुनि एक भारतीय नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।

बेवारिसे अवस्थामा फेला परेको करिब ५५ वर्षीया महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले बताए।

मृतक महिलाको झोलामा खोजबिन गर्दा सानो चिटमा भारतीय नम्बर फेला परेको र त्यस नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको प्रमुख खड्काले जानकारी बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।