काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन आग्रह गरेको छ।
बुधबार एक विज्ञप्तीमा जारी गर्दै क्यानले उग्र रुपमा म्याच फिक्सिङको हल्ला चलेको भन्दै प्रमाण भए बुझाउन आग्रह गरेको हो । विज्ञप्तीमा क्यानमा म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको बताइएको छ ।
‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो। यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला।’विज्ञप्तीमा उल्लेख छ ।