आईसीसी विश्वकप : अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगलादेशको विजयी सुरुवात

अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै बंगलादेशले आईसीसी विश्वकप २०२३ मा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको खेलमा १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४।४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

बंगलादेशका लागि नाज्मुल हसन शान्टोले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ८३ बलमा ३ चौका र १ छक्का हाने। मेहेदी हसन मिराज ५७ रनमा आउट भए ।

कप्तान सकिब अल हसन १४, ओपनर तान्जिद हसनलाई ५ र लिटन दासले १३ रन थपे । अफगानिस्तानका आजमतुद्यलाह ओमरजाई, नविन उल हक र फजलहक फारुकीले समान १ विकेट लिए ।

त्यसअघि धर्मशालामा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तान ३७.२ ओभरमा १ सय ५६ रनमा अलआउट भयो ।

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । इब्राहिम जद्रान २२ र रहमात शाह १८ रनमा आउट भए ।

हश्मातुल्लाह शाहिदी १८, नाजिबुल्लाह जद्रान ५, मोहम्मद नावी ६, आजमतुल्लाह ओमरजाईले २२, राशिद खानले ९ र मुजिब उर रहमानले १ रन थपे ।

बंगलादेशका मेहेदी हसन मिराज र सकिब अल हसनले समान ३ विकेट लिए । शोरिफुल इस्लामले दुई, तस्किन अहमद र मुश्ताफिजुर रहमानले एकअ एक विकेट आफ्नो नाममा गरे ।

सम्बन्धित समाचार