नेप्से परिसूचक ६४ अङ्कले बढ्यो, साढे ३ अर्ब रुपैयाँको कारोबार

काठमाडौं– नेप्से परिसूचकमा ६४.८७ अंकले वृद्धि भई २१२५.९४ विन्दुमा आएर रोकिएको छ । आज ३.१५ प्रतिशतले सेयर बजार बढेको हो ।

मंगलबार नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागि २०६१.०६ विन्दुमा आएर रोकिएको थियो । साथै, २५८ कम्पनीको कारोबार हुँदा ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ५० करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै, सानिमा माइ हाइड्रोपावर १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

यता, साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त वित्तिय संस्था, मिर्मिरे लघुवित्त बित्ती संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, नादेप लघुवित्तीय संस्था, पिपुल्स पावर लिमिटेड र धौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ५ कम्पनीमा ओरालो लागेको छ ।